दाह्री पाल्ने केटाप्रति किन आकर्षित हुन्छन् केटीहरू ?

    काठमाडौँ – दाह्री पाल्ने फेसन आजकाल पुरुषहरूमा धेरै नै बढेको छ । हुन पनि दारीलाई युवा अवस्थाको चिनारीका रूपमा  लिने गरिन्छ भने दाह्री पाल्दा आफ्नो छुट्टै आकर्षण रहने विश्वास प्राय केटाहरुमा रहँदै आएको छ ।

    केटीहरूलाई प्रभावित पार्नका लागि केटाहरू हरेक प्रकारका कोसिसहरू गर्ने गर्छन् । केही अनुसन्धानले केटीहरूलाई ट्रिम दारी भएका केटाहरूतर्फ आकर्षित हुने बताएको छ । केटीहरूलाई दारी पालेका केटाहरू मन पर्ने कारण यस्तो छ ।

    – हरेक केटी आफूले मन पराएको केटा परिपक्व होस भन्ने चाहन्छन् । उनीहरूलाई लाग्छ दाह्री राख्ने केटाहरू धेरै परिपक्व हुन्छन् । यस्ता केटाहरुप्रति केटीहरू क्रेजी हुने गर्छन् । मानिन्छ कि केटीहरूलाई क्लिन सेभ गरेका भन्दा हल्का दारी पालेका केटाहरू बढी परिपक्व लाग्छन् ।

    – केटीहरूका अनुसार दाह्रीका कारण केटाहरूको बलियो इमेज बन्ने गर्छ । हल्का दारीवाला केटाहरू देख्दा धेरै केटीहरुको नजर केही बेरका लागि उनीहरूमै अडिने गर्छ ।

    – केटीहरूलाई लाग्छ दाह्री भएका केटाहरू धेरै नै रोमान्टिक हुने गर्छन् । उनीहरुसँग साथ बिताउन केटीहरूलाई एकदमै मन पर्छ । उनीहरूको क्लासिक लुक्समा पनि प्राय केटीहरूको आँखा रहने गरेको छ ।

    – यस्तो मानिन्छ कि बियर्ड लुक भएका केटाहरू क्लिन सेभ गरेका केटाहरूभन्दा अलि बढी समझदार देखिन्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *