कर्कलो खानुका फाइदाहरू यस्ता छन्। जानी राखौ

    कर्कलोको तरकारी तपाईँले खानु भएकै होला । यो लाई स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि उतिकै फाइदाजनक मानिन्छ । कर्कलोमा प्रशस्त मात्रामा आइरन पाइन्छ ।

    सँगै क्याल्सियम, भिटामिन ए, सी, के लगायत शरीरका लागि आवश्यक पौष्टिक तत्त्व पाइन्छ । कर्कलोको तरकारी विभिन्न किसिमले बनाउने गरिन्छ । जस्तै रसदार झोल, सलाद तथा अन्य परिकार बनाएर खाने गरिएको छ ।

    कर्कलोको परिकारमा कागतीको रस मिसाउँदा स्वाद बढ्नुका साथै कोक्याउने गुण पनि नष्ट भएर जान्छ । आज हामी यसको तरकारी खानुका फाइदाबारे जानकारी दिँदै छौ ।

    यसमा प्रशस्त मात्रामा फाइवर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्त्वहरू पाइन्छ न जसले गर्दा विभिन्न रोग सँग लड्ने क्षमता रहन्छ ।

    यसमा कम क्यारोलिरीको हुने भएकाले बढी तौल भएका व्यक्तिहरूलाई अति उत्तम हुन्छ । त्यस्तै भिटामिन ए र सी छालाको अति आवश्यक तत्त्व हुन्। यी भिटामिनले छालाको तन्तुहरूलाई छिटो छिटो विकसित गर्छ र छालाको आवरणलाई बचाइराख्न मदत गर्छ ।

    कर्कलाको तरकारी खादा हृदय रोग भएका व्यक्तिले कर्कलाको तरकारी बनाएर कम्तीमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ । उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कला पनि मिसाउँदा अति लाभदायी हुन्छ ।

    बच्चाको दूध कम आएमा आमाले नियमित रूपमा कर्कलाको सेवन गर्दा आमाको दूध आउँछ । यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेशियम लगायतका पोषक तत्त्वहरू हुन्छ । यसको सेवनले ब्लड प्रेसर नियन्त्रणमा राख्छ ।

    त्यस्तै दमको रोगी, घाँटीको जलन भएकाहरू, बाथको रोग, गर्भवती महिलाले सेवन नगरेको राम्रो हुन्छ भने पिँडालुमा प्रचुर मात्रामा भिटामिन सी, ए र फेनोलिक एन्टिअक्सिडेन्ट हुन्छ जसले क्यान्सर जन्य तन्तुहरूलाई निकालेर फ्याँक्न मदत गर्छ र फेरि बढ्न दिँदैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *