सपनामा महिलाको यस्तो रुप देख्नु मानिन्छ धन वृद्धिको संकेत !

    सुतेको समयमा मानिसहरु सपनाको दुनियामा हराउने गर्दछन् । सपनामा हामी कहिले देखिरहेको मानिसलाई तथा गएको स्थान देख्छौँ । भने कहिले कहिले पनि नदेखिएको स्थान तह मानिसलाई देख्ने गर्दछौँ । सपनाको दुनियाँ बुझ्न धेरै कठिन छ। तर सपना शास्त्रमा तपाईको हरेक सपनाको कुनै न कुनै अर्थ बताइएको छ । जुन तपाईको वास्तविक जीवनसँग पनि सम्बन्धित छ। जान्नुहोस् सपनामा स्त्रीको फरक-फरक रुप देख्दा के संकेत गर्दछ ।

    सपनामा महिलासँग कुरा गर्नुसपना शास्त्रका अनुसार यदि कुनै व्यक्तिले सपनामा कुनै महिलासँग कुरा गर्छ भने यसको अर्थ समाजमा तपाईको इज्जत बढ्ने छ ।

    सपनामा सुन्दर केटी वा परी देख्नुसपनामा सुन्दर केटी वा परी देखिनु पनि शुभ संकेत मानिन्छ। सपना शास्त्रका अनुसार कुनै व्यक्तिले यस्तो सपना देखेमा घरको झगडामा मेलमिलापमा परिणत हुनुका साथै सुख शान्तिमा वृद्धि हुने गर्दछ । यस बाहेक यो सपनाले तपाईको आर्थिक स्थितिमा सुधार हुने संकेत गर्दछ।

    सपनामा वृद्ध महिला देख्नुसपना शास्त्रका अनुसार यदि तपाईले सपनामा कुनै वृद्धा देख्नु भएको छ भने बुझ्नुहोस् कि तपाईको भाग्य खुल्न लागेको छ । किनभने यो सपनाको अर्थ धन प्राप्तिसँगै तपाईको सामाजिक प्रतिष्ठा पनि बढ्ने छ ।

    गहना लगाएकी महिला देख्नुयदि सपनामा सुन्दर गहनाले सजिएकी एउटी महिला देख्नु भएको छ भने, सपना शास्त्र अनुसार यो सपनाको अर्थ लामो समयदेखि रोकिएका अधूरा कामहरू पूरा हुन लागेको संकेत गर्दछ । त्यसैले सही योजनाको साथ अगाडि बढ्नुहोस्। काममा अपेक्षित सफलता हात पार्न सकिनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *