किन प्रयोग गर्छन त क*न्डोम ?

    परिवार नियोजनको अस्थायी साधन कण्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तै एचआइभी. र धेरै यौन रोगहरू सर्नबाट रोक्दछ ।

    यो पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । यो सजिलै पाउन सकिन्छ । आजकल बजारमा पुरुषले प्रयोग गर्ने कण्डमका अलावा महिलाले प्रयोग गर्ने महिला कण्डम पनि उपलब्ध भइसकेका छ ।

    कण्डम हरेक औषधी पसल सजिलै पाउने गर्दछ । साथै सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । यसमा कुनै हर्मोन नहुने हुँदा यसले शरीरमा कुनै असर पार्दैन । कण्डमले सहवासको बेलामा पुरुषको वीर्य यसमै जम्मा हुने भएकाले महिलाको पाठेघरमा पुग्न पाउँदैन र गर्भ रहनबाट रोक्ने गर्दछ । साथै यसले यौन रोग बाट समेत बचाउँछ ।

    यस्ता छन् कण्डम प्रयोगको फाइदा

    – यसको प्रयोगले सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ ।

    – अनिच्छित गर्भधारण हुनबाट बचाउँछ ।

    – सस्तो, सुलभ र सहज पाइने भएकाले यो कम खर्चिलो अस्थायी साधन हो ।

    – यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।

    – एचआइभी एड्स लगायतका यौन रोग सर्ने सम्भावना हुँदैन ।

    कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

    – एक पटकमा प्रयोग गरेको कण्डम दोहोराएर प्रयोग नगर्ने ।

    – एकै पटकमा दुई वटा कण्डमको समेत प्रयोग नगर्ने ।

    – यौन सम्पर्कको समयमा कण्डम फुट्ने सम्भावना हुँदा सही तरीकाले प्रयोग गर्ने ।

    – उत्तेजित लिङ्गमा मात्र कण्डमलाई प्रयोग गर्ने ।

    – प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *