किन खाना पकाउनेबित्तिकै खाइहाल्नुपर्छ ?

    काठमाडौँ- पकाउने बित्तिकै खानेकुरा खानु स्वास्थ्यका हिसाबले राम्रो कुरा हो । कतिपय कारणले कहिलेकाहीँ पकाएको खाना खान ढिलाइ हुने गर्छ । हामी मध्ये धेरैले यसलाई गम्भीरतापूर्वक लिदैनौं । पकाएको खाना खान ढिला गरे हामी बिरामी पनि हुन सक्छौं । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार हरेक वर्ष विश्वभर ६० करोड मानिस दूषित खानेकुरा खाँदा बिरामी हुने गरेका छन् । जसका कारण करिब ४ लाख २० हजार मानिसले ज्यान गुमाउने गरेका छन् ।

    विश्व स्वास्थ्य संगठनका अनुसार खाना पकाएलगत्तै खाइहाल्नुपर्छ, ढिला गर्नु हुँदैन। वास्तवमा खाना पकाउँदा खानामा रहेका हानिकारक ब्याक्टेरिया लगभग नष्ट हुन्छन् । यस्तो अवस्थामा पकाएको खानालाई ५ डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियसको बीचमा राख्ने हो भने त्यसमा ब्याक्टेरिया फेरि बढ्न थाल्छ । यसले खानाबाट हुने रोगको सम्भावना बढाउँछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *