यदि तपाई दुब्लो हुनुन्छ भने हुनसक्छ यस्तो रोग !

    दुब्लोपनको विभिन्न कारणहरू छन् । गर्भ अवस्थामा आमालाई पौष्टिक तत्त्व नपुगेमा दुब्लो तौल भएको शिशु जन्मन्छन् ।

    सामान्यतया साढे दुई केजी भन्दा कम तौल भएको शिशु जन्मिएमा उसलाई दुब्लो शिशु भन्न सकिन्छ । यस्तै जन्मिएपछि आमाको दूध कम भएमा पनि बालबालिकाको तौल घट्छ । आमाको दूध पर्याप्त नहुँदा बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ र दुब्लाउँछन् ।

    हामीले खाने खानामा पोषणत्व नै कम छ कि । वा छिटो र मिठो खाने नाममा पेट भर्न मात्र खाइरहेका छौँ कि । पोषणविद्हरूका अनुसार आजभोलि युवायुवतीहरू पोषणत्व मिलेको खाना भन्दा पनि भोक टार्न अघाउने खाना मात्रै खान थालेका छन् । जसले गर्दा शरीरलाई चाहिने क्यालोरी नपुग्दा युवायुवतीहरू दुब्लाउँदै गएका छन् ।

    सामान्यतया वयस्क व्यक्तिलाई दैनिक १८ सय देखि २ हजारसम्म क्यालोरी चाहिन्छ । दैनिक खाने खानमा उक्त परिमाणको क्यालोरी प्राप्त गर्न भएन भने मानिस मोटाउन सक्दैन ।

    मोटो हुँदा मात्रै होइन दुब्लो व्यक्तिमा पनि समस्याहरू आउँछन् । उचाइ अनुसारको तौल कम हुँदै जानुमा व्यक्तिमा क्यान्सरदेखि टिबी र एचआइभी सम्मका रोगहरू लागेको हुनसक्ने पोषणविद्हरू बताउँछन् ।

    दुब्लो व्यक्तिमा हुने समस्या

    – शारीरिक रूपमा कमजोर हुन्छन् ।

    – दैनिक रूपमा सहज रूपमा काम गर्न सक्दैनन् ।

    – इन्फेक्सनको खतरा हुनसक्छ ।

    – शरीरमा रोग हुनु सक्छ ।

    – भोक लाग्दैन ।

    – पेट सम्बन्धी रोग लागेको हुनसक्छ ।

    – क्यान्सर भएको हुनसक्छ ।

    – जुका, टिभी, एचआइभी ।

    कसरी मोटाउने त ?

    – क्यालोरी पर्याप्त भएका खाना मात्रा मिलाएर खाने,

    –प्रोटिन भएको खाना नियमित खाने,

    –कार्बोहाइड्रेट युक्त खाना खाने,

    –दिनको ३ छाक खाने,

    –फ्याट भएको दूध खाने,

    – स्वस्थ र गुणस्तरीय खाना खाने,

    – चिज, आलु, फापर खाने,

    – माछा, मासु खाने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *