सभ्यता जोगाउँदै पर्यटक बढाउने उद्देश्यले बगुवा खोलामा र्‍याफ्टिङ

काठमाडौँ, २९ कात्तिक । ललितपुर र मकवानपुरको सिमानाबीच पर्ने बगुवा खोलामाथि र्‍याफ्टिङ गरिएको छ । सभ्यता जोगाउन र आन्तरिक तथा पर्यटक बढाउने उद्देश्यले र्‍याफ्टिङ गरिएको हो ।

ललितपुरको बागमती गाउँपालिका–६ को वडाध्यक्ष नारायण भोम्जनले बागमतीको सभ्यता जोगाउन र पर्यटक बढाउन राफ्टिङ सुरु गरेको बताउनुभयो ।

बिहीबार बागमती गाउँपालिका वडा नम्बर २ बगुवा पुलबाट र्‍याफ्टिङ सुरु गर्दै उनले यो कार्यक्रमले काठमाडौँ उपत्यकाको स्थानीय तहलाई पनि झकझक्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो हाम्रो बागमतीको सभ्यता र भविष्यमा बागमती खोला सरसफाइ अभियानसँगै बागमती गाउँपालिकामा पर्यटकलाई कसरी भित्र्याउने भन्ने बारेको लागि र बागमती गाउँपालिकाले काठमाडौँ उपत्यकाको स्थानीय तहलाई झक झकाउनको लागि पनि यो कार्यक्रम राखेको हो ।’

र्‍याफ्टिङको लागि तीन वटा बोट लगिएको भएता पनि त्यसलाई चलाउने जनशक्तिको कमि भएको कारण २ वटा मात्र सञ्चालन भएको हो ।

आजको कार्यक्रममा २, ३ सय जति सहभागिहरु छन् । र्‍याफ्टिङ बागमति गाउँपालिका वडा नम्बर २ बगुवा पुलबाट सुरु भएर बागमती गाउँपालिका वडा नम्बर ४ आश्रङको लुग्नी व्यासीसम्म पुगेर सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *