कमला नदीमा भुत मेला

काठमाडौँ, ३० कात्तिक । परापूर्वकालदेखिनै कमला नदीमा स्नान गरेर कमलेश्वरी माताको शुक्रबार पूजा अराधना गर्ने गरिन्छ ।

धनुषा–सिरहासँग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।

कार्तिक पूर्णिमाको अवसरमा नयाँ सिकारी धामी झाँक्रीहरु आ–आफ्ना गुरुबाट दिक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा अराधना गरी देउता अर्थात् भुत खेल्ने धार्मिक परम्परा रहेको छ । त्यसैले यसलाई देव मेलासँगै भुत मेला पनि भन्ने चलन छ ।

सो दिन कमला नदीमा लाग्ने मेलामा हजारौँको संख्यामा धामी झाँक्रीहरुसमेत सहभागी हुने गरेका छन् ।

यस मेला सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुरलगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न श्रद्धालु भक्तजनहरु आउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *