‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’

काठमाडौँ, १ मंसिर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यलाई कर तिर्नु नागरिकको लागि गौरवको विषय भएको बताउनुभएको छ ।

शनिबार राष्ट्रिय कर दिवस २०८१ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले जनताबाट संकलन गरिने करको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको पनि विषय हो । जनताबाट संकलन गरिने कर त्यसको सही सदुपयोग गरेमात्रै राष्ट्रको समृद्धिको आधार तय हुनसक्छ ।’

साथै उहाँले कर संकलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित सबै निकायहरुलाई आग्रह गर्नुभयो । उहाँले कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहायता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न र कार्य प्रक्रिया सरलीकरण गर्नका लागि पहलकदमी समेत गर्न आग्रह गर्नुभयो ।

यसैगरी उहाँले अर्थतन्त्रको आकार बढ्दै गए पनि सोही अनुपातमा राजश्व संकलन बढ्न नसकेको बताउनुभयो । उहाँले कर्मचारी सबैलाई जिम्मेवार र जवाफदेही हिसावले राजश्व संकलनको काममा केन्द्रित हुन निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *