काठमाडौँ, ४ मंसिर । खानेपानी मन्त्री प्रदीप यादवले आफू आबद्ध मन्त्रालयलाई खानेपानी तथा सरसफाइ मन्त्रालय बनाउने भनेर प्रक्रिया अगाडि बढेको बताउनुभएको छ ।
मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३औँ स्थापना दिवसको आवसरमा आयोजित कार्यक्रममा उहाँले मन्त्रीको जिम्मेवारी पाएको हुनाले मन्त्रालयलाई बलियो बनाउने भन्दै खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाइ मन्त्रालय बनाउने बताउनुभयो ।
यसको साथै, मन्त्रालय वा खानेपानीलाई निजी कम्पनीहरुको ग्याङले चलाउने गरेको पनि बताउनुभयो । उहाँले भने, ‘यहाँ निजी कम्पनीहरुको नै चल्ती छ । अरु कसैको छैन । उनीहरुको ग्याङ छ, त्यसले पानी अन भने अन हुन्छ अफ भने अफ हुन्छ । अवस्था त्यस्तो छ । हामीलाई धेरै झन्झटिलो कानुनले गर्दा पनि समस्या भइरहेको छ ।’