पूर्वडिआइजी जोशीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिँदै

काठमाडौँ, ५ मंसिर । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई बुधबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिने भएको छ ।

उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौँ ल्याइएसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो ।

जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएको थियो । जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पूर्जी जारी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *