देशमा विधिको शासन कायम गर्न सरकार लागिपरेको छ : गृहमन्त्री लेखक

देशमा विधिको शासन कायम गर्न सरकार लागिपरेको छ : गृहमन्त्री लेखक

महेन्द्रनगर, ५ मंसिर । गृहमन्त्री रमेश लेखकले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अहिलेको शासन व्यवस्थामा जनताको विश्वास र भरोसा जगाउनु पर्ने भन्दै त्यसका लागि पनि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झन्डा लिएर जान्छौँ । चुनाव जितिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ । अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनुपर्छ, त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भूमिका महत्त्वपूर्ण छ ।’

उहाँले सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुपर्ने भन्दै देशमा विधिको शासन कायम गर्न सरकार पूर्णरुपले लागि परेको बताउनुभयो ।

उहाँले जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एकै महिनामा परिणाम आउँदैन सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ । हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *