सन् २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

काठमाडौँ, १७ मंसिर । ऊर्जामन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभएको छ ।

जलविद्युत् उत्पादनका अवरोध र लक्ष्यको बारेमा जानकारी दिँदै मन्त्री खड्काले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो बताउनुभएको हो ।

मन्त्री खड्काले भन्नुभयो,‘जलविद्युत उत्पादनका अवरोध र लक्ष्यहरु के हुन भनेर विकास निर्माणसँग सम्बन्धराख्ने ६ वटा मन्त्रालयका सचिव, सहसचिवहरुसँग छलफल गर्‍यौँ । छलफलबाट ८३ वटा विषयहरु निकालेर २८ हजार पाँचसय मेगावट विद्युत् २०३५ सम्म उत्पादन गर्ने र त्यो समयमा उत्पादन गर्नका लागि हाम्रा बाधा विवरणहरु के के छन्, अवरोधहरु के के छन् भन्ने विषय क्याबिनेट पठाएका छौँ ।’

उहाँले देशभरिका अधुरो र ढिलासुस्ती भएका आयोजनाहरूलाई अगाडि बढाउनका लागि थुप्रै सुधारहरू गरिएको बताउनुभयो ।

यस्तै, नेपालका गरिबीको रेखामुनि रहेका १८–२० प्रतिशत जनताले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरूमा लगानी गर्ने अवसर नपाएसम्म मुलुकको समृद्धि पूर्ण नहुने उहाँले बताउनुभयो ।

‘नेपालको गरिबीको रेखामुनि रहेका १८/२० प्रतिशत मानिसहरुले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरुमा लगानी गर्ने अवसर नबनेसम्म मुलुकको समृद्धि पूर्ण हुँदैन । नेपालको गरिबीको रेखामुनि रहेका १८/२० प्रतिशत मानिसहरुले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरुमा लगानी गर्ने अवसर नबनेसम्म मुलुकको समृद्धि पूर्ण हुँदैन । सीमित व्यक्तिहरुहरु मात्रै समृद्ध हुन्छन् । स्रोत माथिको अधिकार सबैको समान हो । त्यसैले गरिबीको रेखामुनि रहेका वर्ग, समूहलाई सरकारले दायित्व दिएर सस्तो व्याजमा ऋण प्रवाह गर्ने वातावरण बनाउनु पर्छ,’ मन्त्री खड्काले भन्नुभयो, ‘त्यसो भयो भने सबै वर्गका मानिसहरुको सहभागिता हुन्छ । ४६ खर्बको बजेट २०३५ सम्म खर्च हुन्छ ।’

यसका साथै, गरिबी र रोजगारका समस्यामा रहेका वर्गको स्वामित्वमा पनि ठुलो परियोजनाहरू र कार्यक्रमहरू ल्याउने कार्यविधि निर्माण गरिएको मन्त्री खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *