काठमाडौँ, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
कर्णाली याक्सले २० ओभरको खेलमा ५ विकेट गुमाएर १५० रनको लक्ष्य दिएको हो । टस जितेपछि गुर्खाजले बलिङ् राजेपछि कर्णालीले पहिले ब्याटिङ गरेको हो ।
कर्णालीका लागि शिखर धवन एक्लैले ७२ रन जोडेर १५० रनको लक्ष्य कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई दिएको हो । यस्तै, कर्णालीका चाडविक वाल्टनले २१, बाबर हायतले १३ तथा गुल्शन झाले १२ रन बनाउँदा जीसन मक्सुद १४ रनमा अविजित रहे ।
कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौँ गोर्खाजका कप्तानमा करण केसी छन् ।
कर्णाली र काठमाडौं दुवै यो दोस्रो खेल हो, यो भन्दा अगाडिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन ।
कर्णाली पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित हुँदा काठमाडौँ पहिलो खेलमा चितवनसँग ५ विकेटले पराजित भएको थियो ।