बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ : अध्यक्ष बस्नेत

काठमाडौँ, १९ मंसिर । बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सबै हकहरु प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालले आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई उपभोग गर्नका लागि उनीहरूभित्र भएको सबै कुराको पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सबै हकहरु प्रदान गर्नुपर्छ । यसमा हामीले अपाङ्गता भएका व्यक्तिहरुलाई उपभोग गर्नका लागि उनीहरूभित्र भएको सबै कुराको पहिचान गर्न आवश्यक छ । व्यक्तिहरुभित्र भएको सीप, क्षमताको आधारमा रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’

साथै, उहाँले पहिचानको कुरामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अहिले हाम्रो समाजमा अंगविहीन भएका मान्छेलाई मात्र अपाङ्गता भन्ने भाष्य रहेकाले माथिदेखि तलसम्म हातखुट्टा सबै ठिक जस्तो देखिने व्यक्ति अपाङ्ग होइन भन्ने खालको सोच हटाउन आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *