तारा एयरले सुरू गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान


दानबहादुर बुढा

मुगु, मंसिर । तारा एयरले सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान सुरू भएको छ । लामो समयदेखि सुर्खेत विमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ ।

सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो । हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका स्थानीय र विद्यार्थी हर्षित भएका छन् ।

सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट, जुम्ला र रारा विमानस्थलमा उडान गर्ने तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको छ ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुर्खेतबाट व्यवसायिकरुपमा उडान सुरू गरिएको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *