लुम्बिनीमाथि काठमाडौँ १८ रनले विजयी

काठमाडौँ, २६ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबारको दोस्रो खेलमा काठमाडौँसँग लुम्बिनी १८ रनले पराजित भएको छ ।

काठमाडौँले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा अलआउट भएको हो । लुम्बिनीले सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सफल भएको छ ।

टियु क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए । लिग चरणमा कर्णाली याक्ससँग खेल्न बाँकी लुम्बिनीले चितवन राइनोजलाई ३३ ले मात्रै हराउन सक्यो । बाँकी खेलमा हार बेहोरेको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो ।

यता, काठमाडौँले भने दोस्रो जित हासिल गरेको छ । काठमाडौँले यसअघि कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *