सरकार हरेक कुरामा उत्तरदायी हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ, २९ मंसिर । सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । शनिबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको १५औँ वार्षिक साधारण सभामा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामीले अहिले गरेको प्रयत्न भनेको सरकार रेस्पोन्सिभ हुनपर्‍यो । के मा रेस्पोन्सिभ हुनुपर्‍यो भन्दा दुध किसानहरुको वर्षैँदेखिको भुक्तानीको समस्या छ, त्यसमा सरकार रेस्पोन्सिभ हुनुपर्‍यो भनेर अघिल्लो पटक हामीले ६० करोड दसैँअघि सरकार रेसपोन्सिभ छ है भनेर छुट्यायौँ । त्यो पर्याप्त थिएन । उखु किसानहरुको जहिलेको समस्या छ । सरकार रेस्पोन्सिभ नै छैन ।’

सञ्चारमन्त्री गुरुङले नीतिहरु अपडेट हुन नसकेको समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ सरकारको पोलिसीहरु अपडेट हुन नसकेको समस्या छ । एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा असमझदारी छ । एउटाले अर्कोलाई कम्पिटिटर जस्तो ठान्ने प्रवृति छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *