रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्न सक्ने ठाउँ नै छैन : अध्यक्ष विष्ट

काठमाडौँ, ३ पुस । सार्वजनिक सेवा प्रसारण संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा.महेन्द्र विष्टले कर्मचारीसँग परिचयात्मक कार्यक्रम गर्नुभएको छ ।

बुधबार एक विशेष समारोहकाबीच उहाँले कर्मचारीसँग परिचयात्मक सम्बोधन कार्यक्रम गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्नुहुँदै उहाँले मिडिया इन्डष्ट्री धेरै कमजोर अवस्थामा रहेको भन्दै हरेक पुग्नु पर्ने क्षेत्रमा रिपोर्टर पुग्नै छोड्दा मिडिया क्षेत्र ध्वस्त हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सिरियसली भएर काम गरौँ । अहिले मिडिया इन्डष्ट्री एकदमै कमजोर भएको छ । ध्वस्त भएर गइसक्यो । हामी सोचौँ एकछिन हरेक पुग्नुपर्ने क्षेत्रमा रिपोर्टर पुग्नै छोड्दा मिडिया क्षेत्र ध्वस्त हुँदै गइरहेको छ । मान्छे बजारमै जाँदैनन् ।’

साथै उहाँले रेडियो नेपालको ठुलो इतिहास भएको बताउनुभयो । उहाँले नेपाल टेलिभिजनको इतिहासमा प्रश्नहरु उठे पनि रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्नै नसक्ने ठाउँ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीहरुसँग जे उपाय हुन्छ त्यो सबैले प्रयोग गरौँ । र सबैको आइडिया मिसाएर हामी मिडियाको लागि धेरै राम्रो काम गर्न सक्छौँ । आफ्नो जे जे संमयन्त्रहरु छन् त्यसलाई प्रयोग गर्नुपर्छ अब रेडियो नेपाल र नेपाल टेलिभिजनको लागि । रेडियो नेपालको ठुलो इतिहास छ । नेपाल टेलिभिजनको इतिहासमा बरु प्रश्नहरु उठ्न सक्ला, यसलाई चाहिँ महाराज धितराजको प्रसारण गर्न पाएको भनेर प्रश्न उठ्लान तर रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्नै नसक्ने ठाउँ छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *