राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छ : ईश्वर पोखरेल

काठमाडौँ, १० पुस । नेपाल पत्रकार महासंघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ज्ञापन पत्र प्रदान गरेको छ । बुधबार एक विशेष समारोहकाबीच नवनिर्वाचित सदस्यहरलाई बधाई तथा ज्ञापन पत्र प्रदान गरिएको हो ।

उक्त बधाई तथा ज्ञापन पत्र कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भए राज्य कमजोर हुने बताउनुभएको छ । उहाँले राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा पोलिटिकल क्षेत्रका मान्छेहरुले सञ्चार क्षेत्रमा गलत सूचना सुसूचित भएको भनिरहेका हुन्छन् । तर, यसमा सञ्चार क्षेत्रले जवाफदेही हुनुपर्छ । यदि यस्तो भएन भने सञ्चार क्षेत्रको विश्वसनियता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनियता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भयो भने राज्य कमजोर हुन पुग्छ । यो नहोस् भन्नका लागि पूर्ण ढंगले भूमिका सबैले खेल्नुपर्छ ।’

साथै, उहाँले राजनीतिक क्षेत्रमा देखा परेका विकृति, विसंगतिहरु सञ्चार क्षेत्रले सकारात्मक तरिकाले कलम चालेर समाधमा गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय मुद्दाहरुमा कांग्रेस र एमाले विगतमा पनि मिल्ने गरेको स्मरण गर्नुभयो ।

यसैगरी, उक्त कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथि हुने आक्रमणलाई रोक्नका लागि सधैँ तत्पर रहने बताउनुभयो ।

उहाँले हरेक व्यवसायी पत्रकारहरुका लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशील रहने बताउनुभयो । उहाँले भन्नुभयो,‘मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथिथी हुने आक्रमणलाई रोक्नका लागि सधैँ तत्पर रहने छौँ । हरेक व्यवसायी पत्रकारहरुका लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशील रहेर काम गर्ने छौँ । ’

साथै, उहाँले मिडिया बलियो नभए लोकतन्त्र बलियो नहुने बताउनुभयो । उहाँले सकारात्मक परिवर्तनका लागि पत्रकार महासंघ सधैँ लोकतन्त्र र राज्यको लागि दरिलो खम्बा बनेर अगाडि बढ्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *