सुनको मूल्य बढ्दा चाँदीको स्थिर

सुनको मूल्य बढ्दा चाँदीको स्थिर

काठमाडौँ, १७ पुस । नेपाली बजारमा आज सुनको मूल्य एक हजार ४ सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *