रौतहटको एक घरमा सुरुङ बनाएर चोरी

रौतहटको एक घरमा सुरुङ बनाएर चोरी

रौतहट, १८ पुस । चोरको समूहले सुरुङ बनाएर रौतहटको एक घरमा चोरी गरेका छन् । फतुवा विजयपुर नगरपालिका वडा नम्बर–६ पेटभर्वाका अच्छेलाल साहको घरमा चोरी भएको हो ।

बुधबारको राति करिब १२ बजेको समयमा सुरुङ बनाइ घरमा प्रवेश गरेर चोरी गरेको स्थानीय राजकिशोर साहले बताउनुभयो । उहाँका अनुसार पाँचवटा मोबाइल गरगहना र नगद दुई लाख गरी करिब पाँच लाख बराबरको चोरी भएको छ ।

गाउँको युवाहरूले चोरी भएको मोबाइलको आधारमा खोजी गर्दै जाँदा फतुवा गाउँको मठको नजिक चारवटा चोर फेला परेको उहाँले जानकारी दिनुभयो ।

चोरी भएको मोबाइलहरू र गरगहना र रकम त्यहीँबाट बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुर बुझाएका छन् ।

केही दिनआघि पेटभर्वा गाउँकै चारवटा घरमा चोरी भएको थियो । प्रहरीले दिएको जानकारीअनुसार पक्राउ परेकाको बारेमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *