‘वर्तमान सरकार ०८४ सम्म कायम रहन्छ’

काठमाडौँ, १३ माघ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा छलफल गरेको छ ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले सरकार गठन भएपछि गरेका राम्रा कामहरु र सरकारलाई ०८४ सम्म नै निरन्तरता दिने विषयमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने छ । यो सरकार गठन भएपछि गरेका राम्रा कामहरु के के छन्, आर्थिक अवस्थाको सुदृढिकरण के हो, राजनीतिक स्थिरता कहाँ पुग्यो आदी विषयमा समीक्षा भएको छ । तीन तीन महिनामा विश्वासको मत लिने पद्धति समाप्त एउटा उत्साहजनक वातावरण सिर्जना गरेको छ । सरकारलाई ०८४ सम्म निरन्तरता दिएर नै जाने गरी छलफल भएको छ ।’

यसैगरी उहाँले बैठकमा प्रारम्भिक छलफल भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *