ऊर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा बृहत् काम गर्न आवश्यक : मन्त्री खड्का

ऊर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा बृहत् काम गर्न आवश्यक : मन्त्री खड्का

काठमाडौँ, १५ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले हाइड्रोपावरदेखि ऊर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएउनुभएको छ ।

मंगलबार लचिलो र कम कार्बनको लागि ऊर्जा शिखर सम्मेलन २०२५ मा बोल्नुहुँदै मन्त्री खड्काले वैकल्पिक ऊर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समयानुकुल बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाइड्रोपावरदेखि लिएर ऊर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता छ । हामीसँग ऊर्जा सुरक्षाका कुराहरु भएका छन्, त्यसकारण रिर्जभ वायरहरुलाई तत्काल अगाडि बढाउने, पम्पवायरहरुलाई सुरु गर्ने, वैकल्पिक ऊर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समायानुकुल बनाउनुपर्ने छ । यसले ग्रीन हाइड्रो ऊर्जा उत्पादन गर्ने ठुला ठुला उद्योग सञ्चालनमा सहकार्य गर्न सक्छौँ ।’

साथै ऊर्जाको क्षेत्रमा सबै देशहरुको सहयोग रहने समेत उहाँले विश्वास लिनुभयो । उहाँले ऊर्जा क्षेत्रको लक्ष्यअनुसार नै सरकारले काम गरिरहेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *