आज देखि चम्किनेछ यी ४ राशि हुने मानिसको भाग्य , मिल्नेछ भरपुर लाभ !

ज्योतिष शास्त्रका अनुसार देवताहरूको गुरु बृहस्पतिको राशि परिवर्तनले हरेक राशिका मानिसको जीवनमा राम्रो वा नराम्रो प्रभाव पार्छ। गुरु बृहस्पतिलाई सुख, सौभाग्य, कीर्ति, वैभव, धन र बुद्धिको कारक मानिन्छ। यस्तो अवस्थामा जसको कुण्डलीमा गुरुको स्थिति बलियो हुन्छ, उनीहरुलाई सौभाग्य, सुख र समृद्धि प्राप्त हुन्छ ।

देवताको गुरु बृहस्पति बैशाख ९ गते (२२ अप्रिल सन् २०२३) शनिबार बिहान ३ बजेर ४८ मिनेटमा अश्विनी नक्षत्रको प्रथम भावमा प्रवेश गर्नेछ। यसका साथै असार ६ गते ( २१ जुन सन् २०२३ ) बुधबार दिउँसो १ बजेर ३४ मिनेटसम्म यहीँ नक्षत्रमा रहनेछ। अश्विनी नक्षत्रमा गुरुको प्रवेशले धेरै राशिको जीवनमा खुशी आउने छ। आउनुहोस् जानौं गुरूको नक्षत्र परिवर्तनले कुन राशिको भाग्य चम्कन सक्छ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिमा देवताहरूका गुरु बृहस्पति पाँचौं भावमा हुनेछ। यस्तो अवस्थामा यस राशिका व्यक्तिहरूलाई भाग्यको पूर्ण साथ मिल्न सक्छ। हरेक क्षेत्रमा सफलता हात पार्न सकिन्छ। तर केतुको नक्षत्रमा बृहस्पतिको उपस्थितिका कारण दाम्पत्य जीवनमा केही समस्या आउन सक्छ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिमा गुरु बृहस्पति एघारौं भावमा विराजमान छ। यस राशिका व्यक्तिहरूलाई काम र व्यापारमा सफलता मिल्न सक्छ। करियरमा पनि प्रगति हुन सक्छ। लामो समयदेखि रोकिएका महत्वपूर्ण काम पुनः सुरु हुन सक्छन्। परिवारसँग राम्रो समय बिताउन सकिनेछ।

=• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका लागि बृहस्पतिको अश्विनी नक्षत्रमा प्रवेश फलदायी साबित हुन् सक्छ। रोजगारी गरिरहेका जातकले जागिरमा बढुवा पाउन सक्नेछन्। यसका साथै नयाँ कामको खोजीमा रहेका व्यक्तिलाई सफलता मिल्न सक्छ। साथसाथै व्यापार व्यवसायमा पनि लाभ मिल्ने सम्भावना छ। समाजमा मान सम्मान बढ्नेछ । यसका साथै विद्यार्थीहरूले प्रतिस्पर्धात्मक परीक्षामा सफलता पाउन सक्छन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यस राशिमा बृहस्पतिको दृष्टि बाह्रौं भावमा परिरहेको छ। यस्तो अवस्थामा अश्विनी नक्षत्रमा बृहस्पतिको प्रवेश लाभदायक साबित हुन सक्छ। यो राशिले जागिरमा पदोन्नति र वृद्धि प्राप्त गर्न सक्छ। यसका साथै तपाईको कामको पनि प्रशंसा हुन सक्छ। लामो समयदेखि रोकिएका काम सुचारु हुन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *