फोटोशूट गरेर डिभोर्सको खुसियाली मनाउने भाइरल महिला शालिनी को हुन् ?

काठमाडौं । सामाजिक सञ्जालमा एउटी महिलाको तस्बिर निकै भाइरल भइरहेको छ, जसमा उनी सम्बन्धविच्छेदको उत्सव मनाउँदै देखिएकी छिन् । यसबाट कतिपय आक्रोशित छन् भने कोही समर्थनमा उत्रिएका छन् ।

विरोध गर्नेहरु भन्छन् नाता टुटेको खुसी कसले मनाउछ ? जबकि समर्थकहरुको तर्क छ कि यो खुशी विषाक्त सम्बन्धबाट बाहिर निस्केर नयाँ जीवन सुरु गर्नु हो।

यी महिलाको नाम शालिनी हो । उनी तमिल अभिनेत्री हुन् । उनले डिभोर्सको फोटोसुट गराएकी छिन् । तस्बिरमा उनी रातो कपडामा देखिएकी छिन् । हातमा सम्बन्धविच्छेदको पत्र समातेर, विवाहको तस्विर च्यात्दै, खुट्टामुनि कुल्चेर आक्रोश पोखिरहेकी छिन् । उनले तस्विरसँगै क्याप्सन पनि लेखेकी छिन् ।

यसमा उनी भन्छिन्, ‘आवाजविहीन महसुस गर्नेहरूका लागि सम्बन्धविच्छेद गरेकी महिलाको सन्देश । खराब विवाहबाट बाहिर निस्कनु ठीक छ किनभने तपाईं खुसी हुन योग्य हुनुहुन्छ र कहिल्यै कममा सम्झौता नगर्नुहोस्। आफ्नो जीवनको नियन्त्रण लिनुहोस् र आफ्नो र आफ्ना बच्चाहरूको राम्रो भविष्यको लागि आवश्यक परिवर्तनहरू गर्नुहोस्।

सम्बन्धविच्छेद असफलता होइन। यो तपाईको लागि र तपाईको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको लागि टर्निंग प्वाइन्ट हो। विवाह तोड्न र एक्लै उभिन धेरै साहस चाहिन्छ, त्यसैले म यो सबै बहादुर महिलाहरूलाई समर्पित गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *