बिहिबार (असार १४ गते) देशभर सार्वजनिक बिदा हुने भएको छ ।नेपाल राजपत्रमामा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर (ईद उल उजहा) बि.स २०८० साल असार १४ गते बिहिबारका दिन सार्वजनिक बिदा दिने निर्णय बमोजिम सो दिन देशभर सार्वजनिक बिदा हुने भएको हो ।सो दिन बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकारी कार्यलयहरु बन्द हुनेछन् ।