रक्सी शाकाहारी हो वा मांसाहारी भन्ने सबाल निकै अन्यौंल पार्ने खालको छ । रक्सीबारे धेरैको धारणा पनि भिन्न–भिन्न देखिन्छ ।
सबैलाई थाहा छ, अधिकांश रक्सी फलफुल तथा खाद्यपदार्थको रसबाट बनाईने गर्दछ । अधिकांश रक्सी बनाउने प्रक्रिया सडाएर, किरा पार्ने हुन्छ । कतिपय सफा सुग्घर हुने मान्छेलाई यो प्रक्रिया निकै घिनलाग्ने खालको पनि छ ।
रक्सीमा अल्लोकल हुन्छ । जहाँ अल्कोहलको प्रयोग दुई/तिन तरिकाले गरिन्छ । जसको प्रयोगबाटै रक्सीको रंग र स्वाद फेरिने गर्दछ ।
सबै रक्सीहरु भने एकै प्रक्रियाबाट भने बनाईँदैन् । जसमा मिसाउने पदार्थ पनि भिन्न–भिन्न नै हुन्छ । सबै रक्सीमा एकै प्रकारको कुराहरु पनि प्रयोग हुँदैनन् । रम, ह्विस्की, भोड्का र ब्राण्डीजस्ता रक्सीहरुलाई डिस्टील स्पिरिट मानिन्छ ।
तर, वाइन र बीयर बनाउने प्रक्रिया भने करिब उस्तै–उस्तै हुन्छ । जसमा माथि भनिएजस्तै फलफुललाई सडाएर, किरा पारेर तयार गरिन्छ । जसलाई तपाईँ मांसाहारीको श्रेणीमा पनि राख्न सक्नुहुन्छ । तथापी यी कुराहरु बनाउने प्रक्रिया भने निकै व्यवस्थित रुपमा नै गरिएको हुन्छ ।
मांशजन्य रक्सीमा कार्बोहाइडेट हुँदैन भने फलफुलजन्य रक्सीमा कार्बोहाइड्रेटको प्रयोग अनिवार्य छ ।