को हुन् गणेश भगवान् ?

गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन्। नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन्।

गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ।

भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ। यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भंदा पहिले हुन्छ। काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *