महिला र पुरुषमा कसरी हुन्छ बाँझोपन ? समाधानका उपायहरु…

    महिला र पुरुषमा कसरी हुन्छ बाँझोपन ? समाधानका उपायहरु…

    हरेक परिवारमा आफ्नो सन्तान हुनु र वंश विस्तारको कुराले धेरै प्रभाव पारेको हुन्छ । निसन्तान रहने कुराले धेरै दाम्पतिय जीवनलाई खलल पारिरहेको हुन्छ । परिवारमा चिन्ता, तनाव र कतिपय अवस्थामा त मनमुटावकै अवस्था पनि सिर्जना हुन सक्छ । बाँझोपन शब्दले निकै ठुलो अर्थ बोकेको हुन्छ । त्यसो त विवाहपछि महिला र पुरुषबिचमा सरल रुपमा यौन सम्पर्क भएपछि पनि करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपनको संज्ञा दिइन्छ । चिकित्सकहरुका अनुसार लगभग ८५ प्रतिशत दम्पतीमा विवाहको पहिलो वर्षमै कोशिस गरेमा बच्चा हुने सफलता प्राप्त हुन्छ । तर बाँकीको दम्पतीमा भने बाँझोपनको समस्या हुन् सक्छ ।

    बाँझोपनका कारणहरु के-के हुन सक्छन् त ?
    महिनावारी गडबड – २१ देखि ३५ दिनसम्ममा महिलामा महिनावारी हुनुपर्छ । तर कति जनामा ४५ दिनसम्ममा पनि महिनावारी नहुने हुन्छ । यसमा डिम्ब निष्काशनमा गडबडी हुनु मुख्य कारक हो, जस्तैः पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम ।

    पाठेघरको संक्रमण – यौन सम्पर्कबाट सर्ने रोग, क्ल्यामाइदिया, गोनोरहियाजस्ता संक्रमणले गर्दा पाठेघर, डिम्बवाहिनी नलीका इन्फेक्सन तथा इन्फ्लामेसन हुन्छ अनि डिम्बवाहिनी नली बन्द हुन जान्छ ।

    डिम्बवाहिनी नली बन्द हुनु – जसमा क्षयरोग एउटा मुख्य कारक हो । यस्तो इन्फेक्सनले शुक्रकिटको गतिविधिमा पनि पनि आउँछ र भ्रुण बस्न गाह्रो हुन्छ ।

    महिलाको बढ्दो उमेर – ३५ वर्ष माथिका महिलामा डिम्ब कम हुँदै जान्छ, जसका कारण बाँझोपनको समस्या देखापर्न जान्छ ।

    पुरुषको वीर्यमा हुने शुक्रकिटको मात्रा कम हुनु (ओलिगो स्पर्मिया), शुक्रकिट स्वस्थ नहुनु वा शुक्रकिट नै नहुनु (एजोस्परमिया) । पुरुषको विर्यनलीमा सिस्ट, ट्युमर भएमा । पुरुषको गुप्तांगको विकास राम्रोसँग नभएमा ।

    महिलामा सन्तान नहुने कारण-

    हार्मोनमा गडबडी ।
    अण्डाशयमा अण्डा नबन्ने अथवा थुप्रै स–साना डिम्ब बने पनि नबढ्ने ।
    पाठेघरको नली पूरै बन्द भए, पिप वा पानी जमे वा अण्डा पकडिने काम नभए ।
    पाठेघरको झिल्लीमा मासु बढ्नु ।
    गर्भाशयको मुख ज्यादै सानो हुनु ।
    पुरुषमा सन्तान नहुने कारण-

    वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी ।
    शुक्रनली वा अन्य भागमा केही अवरोध हुनु ।
    वीर्यमा संक्रमण ।
    वीर्यमा शुक्रकीट उत्पादन नहुनु  ।
    शुक्राणुको बनावटमा खराबी ।
    पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु ।
    हार्मोनमा गडबडी ।
    बाँझोपन समाधानको उपायहरु
    विवाह समयमा गर्ने, समयमा बच्चा जन्माउने, असुरक्षित गर्भपतन नगर्ने, गर्भनिरोधकका साधन प्रयोग गर्नुभन्दा पहिला स्त्रीरोग विशेषज्ञहरुसँग परामर्श लिने, समय समयमा पाठेघरको चेकजाँच गर्ने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *