अर्घाखाँचीको मालारानी गाउँपालिकामा स्थानीय पाठयक्रम लागु

    अर्घाखाँचीको मालारानी गाउँपालिकामा स्थानीय पाठयक्रम लागु

    भावना मगर,साउन २६ अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामाा स्थानीय पाठयक्रम लागु भएको छ । पाठयक्रमा गाउँपालिकाको भूगोल, जनसंख्या, प्राकृतिक सम्पदा, स्थानीय जातजाति,वेषभूषा,लगायतका विषयबस्तु समेटिएको मालारानी गाउँपालिकाले जनाएको छ ।
    गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले स्थानीय पाठ्यक्रम वैशाख देखि लागु भएको जानकारी दिए।
    पाठयक्रम कक्षा १ देखि ८ सम्म समावेश गरिएको हो ।
    यस्तै प्रश्न पत्र पालिकाबाट निकाल्ने, शिक्षामा सुधार संगै नयाँ अभ्यासको लागि प्रावि तह अन्तर्गतको कक्षा ५ को उपलब्धी परिक्षा संचालन पालिकाले गर्ने गरेको प्रमुख प्रशासकिय भुसालले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *