आखिर के कारणले हुन्छ बालबालिकामा क्यान्सर ?

आखिर के कारणले हुन्छ बालबालिकामा क्यान्सर ?

काठमाडौं – क्यान्सर भन्नासाथ सामान्य मानिसमा एकप्रकारको भय र चिडचिडाहट हुन्छ। महँगो उपचार पद्दतिका कारण पनि आममानिसमा यस्तो धारणा बनेको छ। तर बच्चामा जन्मजातै पनि क्यान्सर हुन सक्छ भन्ने तथ्यांकले देखाएको छ।

बाल क्यान्सर के कारणले हुन्छ भन्ने ठोस आधारहरु एकदमै कम मात्रामा रहेका छन् । तर, पनि विभिन्न कारण केही समूहलाई भने बाल्यावस्थामा क्यान्सरको उच्च जोखिम अवस्थामा राखिएको छ । यसअन्तर्गत गर्भवती महिलाले गरेको सानो लापरवाही यसको मुख्य कारण बन्न पुगेको देखिन्छ । गर्भवती अवस्थामा महिलाले अत्याधिक मद्यपान सेवन, विकिरण तथा रसायनयुक्त क्षेत्रको पहुँच प्रदूषित वातावरण एवं किटनाशकको प्रयोग गर्भावस्थामा भ्रुणमा देखा परेको वशांणुगत असन्तुलन आदि ।

नेपालमा करिब १५ सय बालबालिका क्यान्सर रोगबाट पीडित रहेको अनुमान गरिएको छ। यस क्षेत्रका विज्ञ चिकित्सकका अनुसार नेपालमा बाल क्यान्सर रोगको उपचार गर्ने दक्ष जनशक्तिको अभाव छ। अर्कोतर्फ समयमै उपचार नगर्ने समस्या पनि बढ्दो छ।

बच्चामा जन्मजातै पनि क्यान्सर हुनसक्छ। बच्चा जन्मेदेखि २०-२१ वर्षको उमेरसम्म देखिने क्यान्सरलाई बाल क्यान्सर भनेर बुझिन्छ। बालबालिकामा लाग्ने क्यान्सरको प्रकृति भने वयस्कमा जस्तो हुँदैन। बालबालिकामा ब्लड, ब्रेन, आँखा, कलेजो, मिर्गौला, अण्डकोष, बोन, छाला, नसा, नरम मासुसहित १२ किसिमका क्यान्सर हुन्छन्।

ब्लड क्यान्सर, दोस्रो ब्ल्याङ् कक्यान्सर, ब्रेन ट्युमर, धेरै प्रकारका क्यान्सरमध्ये ब्लड क्यान्सर भएमा ज्वरो आउने, लामो समयसम्म औषधि खाँदा पनि निको नहुने, रगतको मात्रा घट्ने, बच्चा पहेँलो हुने, शरीरमा निलडाम वा दिसा पिसाबमा रगत देखियो भने ब्लड क्यान्सर भएको हो कि भनेर शंका गर्न सकिन्छ।

त्यस्तै ब्रेन ट्युमरमा बच्चा बेहोस हुने, सामान्य बच्चाभन्दा उसको मस्तिष्कको विकास अलि ढिलो हुने, आँखा, मुख बाङ्गो बनाउने लगायतका लक्षण देखिन सक्छन्। त्यस्तै, जुन अंगमा क्यान्सर भएको हो, त्यो अंग सामान्य अवस्थाको बच्चाको भन्दा केही फरक देखियो भने क्यान्सर भएको भनेर शंका गर्नुपर्छ।

आँखाको क्यान्सर, कलेजोको क्यान्सर, मिर्गौलामा हुने क्यान्सर, अण्डकोषको क्यान्सर, हड्डीमा हुने क्यान्सर, नरम मासुको क्यान्सर, छालाको क्यान्सर, नसामा लाग्ने क्यान्सर। यी क्यान्सर बच्चा जन्मेदेखि ५ वर्षसम्म देखिन सक्छ। यीमध्ये कुनै क्यान्सर उमेर बढ्दै जाँदा देखिने र कतिपय उमेरसँगै घट्ने पनि हुन्छ।

यदि क्यान्सर सम्बन्धि लक्षण हुन सक्ने आशंका भएको खण्डमा सम्बन्धित क्यान्सर विशेषज्ञ कहाँ नै जानुपर्ने हुन्छ । यसका साथै कुनै पनि गर्भवती महिलाले भविष्यमा गएर आफ्ना सन्तानमा यस्तो समस्या देखा नपरोस् भन्नका लागि प्रारम्भिक कदमहरु चाल्नुपर्ने हुन्छ । आफ्नो स्वास्थ्य पूर्ण रुपमा परीक्षण गराएर मात्रै गर्भको निम्ति तयार रहने, गर्भवती समयमा नियमित स्वास्थ्य परीक्षण गराउने विकिरण एवं रसायनयुक्त क्षेत्रहरुबाट टाढा रहने, मद्यपान तथा मदिरा सेवनबाट टाढा रहने र, आफ्ना अघिल्लो पुस्ता वा सन्तानलाई क्यान्सर भएको छ भने आफू तथा शिशुमा क्यान्सरका लक्षण छ वा छैन भनी परीक्षण गराउने । यसबाहेक कुनै पनि बालबालिकालाई क्यान्सरबाट बचाउने पहिलो प्रयास भनेको उनीहरुमा देखा परेको परिवर्तनबारेआफु सतर्क हुनु हो ।

नेपालमा बाल क्यान्सरको उपचारका लागि जनशक्तिको अभाव छ। बिरामीहरु समयमा अस्पताल पुग्दैनन्। त्यसैले सबैभन्दा पहिले त बिरामीहरु समयमा अस्पताल आउनुप-यो, कुन क्यान्सर हो पत्ता लगाउनुपर्यो। यो सबै प्रक्रिया यथा समयमा पूरा गर्न सकियो भने धेरै प्रकारका बाल क्यान्सर निको पार्न सकिन्छ। धेरै जना क्यान्सरको उपचार नेपालमा नै सम्भव भएपनि धेरैलाई थाहाँ नभएर बालबालिका आकालमै मृत्यवरण गर्न बाध्य छन्। “क्यान्सर लागेपछि मान्छे मरिहाल्छ भन्ने गलत धारणाका कारण धेरै बालबालिकाहरुको अकालमै मृत्यु हुनेगरेको छ। बालबालिकामा हुने क्यान्सरको उपचार नेपालका सरकारी अस्पतालमा नै हुन्छ। अधिकांश क्यान्सरको उपचार शतप्रतिशत निको हुन्छ ।”