गर्भनिरोधकका निम्ति चक्की र कन्डममा कुन बढी उपयोगी? थप पढनुहोस:

    सम्भोगको क्रममा पुरुषले कन्डम प्रयोग गर्नु वा सम्भोगपछि महिलाले आकस्मिक चक्कीको प्रयोग गर्नु कुन उपयुक्त हुन्छ ?

    भन्ने प्रश्न अधिकांश यौनजोडीले सोध्ने साझा प्रश्नमध्ये यो पनि एक हो । यो जिज्ञासा धेरैमा भएको पाइन्छ । त्यसैले, आज यहाँ हामी यी दुई गर्भनिरोधक साधनबारे चर्चा गर्दैछौ । जसको माध्यमबाट तपाई आफ्नो लागि कुन साधन बढी उपयोगी छ? भन्ने सजिलै छुट्याउन सक्नुहुनेछ ।

    चक्की(पिल्स)का फाइदा तथा बेफाइदाहरुः गर्भनिरोधकका रुपमा प्रयोग गर्ने चक्की थुप्रै पक्षहरु रहेका छन् ।

    जसबारे यसको प्रयोगअघि तपाईले जान्नु आवश्यक रहेको छ । सुरक्षित यसका विशेषता भनेको अधिकांश स्वस्थ महिलाको निम्ति यो एक सुरक्षित विकल्प हो । यसको नियमित प्रयोगका कारण महिलामा गर्भ बस्ने कुनै रहदैन । प्रभावकारीता निश्चित समयमा प्रयोग गर्नुपर्ने यस चक्कीको प्रभावकारिता बारे कुरा गर्ने हो भने यो ९७.७ प्रतिशतसम्म प्रभावकारी रहन्छ । अन्य उपयोगी यसबाहेक तपाईको उमेर, स्वास्थ्य, जीवनशैली एवम् समस्यालाई ध्यानमा राख्दै चिकित्सकले यस्ता औषधीको सुझाव समेत दिने गर्दछ । तसर्थ, यसलाई चिकित्सकको सल्लाह अनुरुप महिलामा देखिने विशेष किसिमका समस्या कम गर्नको निम्ति पनि उपयोगी मानिन्छ । यसका बेफाइदाहरुः दैनिक प्रयोगमा झन्झट साइड इफेक्टको सम्भावना तौल बढ्ने र यौनइच्छामा कमी आउन सक्ने र, यसले यौन संक्रमणबाट बचाउदैन । कन्डमका फाइदा सुरक्षित सुरक्षाको हिसाबले हेर्ने हो

    भने विश्वभर नै गर्भनिरोधक साधनको रुपमा प्रयोग गरिने कन्डम प्रायजसोः सबै जोडिले प्रयोग गर्न सकिने सरल एवम् उत्तम उपाय हो ।

    प्रभावकारिता उचित रुपमा गरिएको यसको प्रयोग ९८ प्रतिशतसम्म प्रभावकारी रहन्छ । यसका साथै सम्भोगको क्रममा गरिएको यसको प्रयोगले व्यक्तिलाई एचआइभि, यौन संक्रमणजस्ता विविध यौन रोगबाट समेत बचाउँछ । यसका बेफाइदा केहिका निम्ति अहसज महशुस हुनसक्ने, कम संवेदनशिल रहन सक्ने, केहि केशहरुमा केहि जोडिले कन्डम फुट्ने समस्याको सामना समेत गर्नुपरेको छ । जसले यसका सबै विशेषतालाई समेत ओझेलमा पारिदिन्छ ।