पहिला माफी दिएर पछि असाध्यै दुख दिन्छन यी राशिका मानिसले जोगिएर रहनुस…

    पहिला माफी दिएर पछि असाध्यै दुख दिन्छन यी राशिका मानिसले जोगिएर रहनुस…

    माफी माग्ने वाला र माफ गर्ने वाला दुवै एक समान मानिन्छ। माफी मागेर या दिएर कोही पनि ठुलो-सानो भईदैन। माफी मागेर हामी आफ्नो भूलको प्रायश्चित गर्न पहिलो कदम उठाउँछौँ र कसैलाई माफी दिएर हामी सम्बन्धलाई सुधार्न स्वयम र दोस्रो व्यक्तिलाई मौका दिन्छौँ।

    तर केही मानिस यस्ता पनि हुन्छन् जो अरुलाई माफ त दिन्छन् तर सधैँ उसले गरेको गल्तीलाई आफ्नो दिल र दिमागमा राख्छन्। यसको पछाडी दुई हुन्छन् – एक त भावी दिनमा गल्ती गर्नेलाई उसको गल्तीको महसुस दिलाउन चाहन्छन् र अर्को दोस्रो व्यक्तिको कुराले उनीहरुलाई यति धेरै चोट पुगेको हुन्छ कि त्यसलाई भूल्न असमर्थ हुन्छन्।

    हामी, तपाई या हामी बीच यस्ता थुप्रै मानिसहरु हुन्छन् जो यसप्रकारको व्यवहार गर्छन्। ज्योतिष शास्त्रले यसै विषयमा १२ मध्ये ४ यस्ता राशिको कुरा गरेको छ जुन हुबहु यस्तै छन्। यी ४ राशिले गल्ती गर्नेलाई माफी पनि दिन् सक्ने सम्भावना हुन्छ तर त्यस गल्तीलाई भुल्न उनीहरुका लागि असम्भव जस्तै हुन्छ। ती चार राशिहरु खासमा के के हुन् त….

    वृष – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : यी राशिका मानिसहरु अधिक जिद्दी प्रकृतिका हुन्छन्। यिनीहरुले जे सोच्छन् या जे दिल-दिमागमा राख्छन् त्यो जसरी भए पनि पूरा गरेर नै छाड्छन्। चाहे त्यो कुराले अरुलाई जति नै नराम्रो किन नलागोस्। यिनीहरुको यस्तो जिद्दी रबैया धेरै चीजहरुमा देख्न सकिन्छ, जसमध्ये एक हो कसैले गरेको गल्तीलाई बिर्सन नसक्नु।

    कर्कट – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : कर्कट राशिका जातक आफ्नो नजिकको मान्छेलाई अत्यन्तै प्रेम गर्छन्। जब यिनको कोही आफ्नाले नै यिनको दिल दुखाउँछन् तब तिनलाई माफी दिन धेरै समय लगाउँदैनन्। अब तपाई सोचिरहनुभएको होला कि यो त कर्कट राशिका जातकको स्वभाव हो, तर यिनको यहीँ स्वभाव कसैको लागि समस्या बन्न सक्छ।

    वास्तवमा कर्कट राशिका जातकको ‘पुराना घाउ कोट्याउने’ सोख हुन्छ। यिनीहरुले तपाईको गल्तीलाई चाँडो भन्दा चाँडो माफ गर्न सक्छन्। तर पछि कुरैकुरामा तपाईको पुरानो गल्तीलाई कोट्याएर तपाईसँग चर्काचर्की पनि पर्न सक्छ। यसको मतलब यो हो कि यस राशिका मानिस कुरालाई कहिले पनि नसकाउने अड्डी कसेर बस्छन्।

    वृश्चिक – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : वृश्चिक राशिका जातक केवल ती मानिसको गल्तीलाई माफ गर्छन् जसमाथि उनीहरुले कम भन्दा कम विश्वास गरेका हुन्छन्। त्यसबाहेक अरुले गल्ती गर्दा यिनीहरु दण्ड दिन रुचाउँछन्। यिनीहरुले गल्तीलाई माफी दिने पनि एक शर्त राखेका हुन्छन्। यदि फेरी पनि त्यो गल्ती दोहोर्याएमा त्यसको परिणाम राम्रो नहुने चेतावनी दिन्छन्।

    कसैमाथि विश्वास गर्नु वृश्चिक राशिका लागि एक कठिन काम हो। यसकारण जसले यिनीहरुको विश्वास तोड्छन् उनीहरुलाई माफी त दिन्छन् तर आगामी दिनमा यस्तो गल्ती नदोहोरियोस् भनेर सचेत पनि गराउँछन्। यसकारण यिनलाई धोका दिनु अघि धोका दिने वालाले सयपटक सोच्नु पर्नेछ।

    कुम्भ – AQUARIUS(गु, गे, गो, सा, सि, सु, से, सो, द) : कुम्भ राशिका जातक सजिलै जो कोहीलाई पनि माफी दिन्छन् र गल्तीलाई सजिलै भुल्न पनि सक्छन्। तर तपाईले आफूलाई गल्तीको पश्चातापको भाव व्यक्त गर्नुपर्नेछ। यिनीहरु तपाईको पश्चातापको भाव देख्ने बित्तिकै तपाईको गल्ती भुल्न तयार हुन्छन्।

    तपाईलाई आफ्नो गल्ती महसुस कति छ, कति पछुतो छ, तपाई सत्य बोल्दै हुनुहुन्छ या झुटो, हरेक कुरा जाँचेर कुम्भ राशिका व्यक्तिले तपाईको गल्तीलाई माफी दिन्छन्।