घाटबाट फर्केपछि किन नुहाउने ? यात्राअघि किन दही खाने ?

    हाम्रो समाजमा कतिपय यस्ता मान्यताहरु छन् जसलाई हामीले पुरानो कुरा भनेर छोडिरहेका हुन्छौँ । तर, ती मान्यताहरुको वैज्ञानिक आधार पनि नभएका होइनन् । कतिपय यस्ता मान्यताहरुमा विभिन्न वैज्ञानिक आधारहरु भेट्न सकिन्छ ।
    त्यस्तै हाम्रो समाजमा भएका केही विश्वास र तीनबारे वैज्ञानिक आधारः

    साँझ कुचो लगाउन नदिनु
    साँझ परिसकेपछि घरमा कुचो लगाउनु ९बढार्नु०लाई हाम्रो समाजमा अशुभ मानिन्छ । कसिंगरसँगै लक्ष्मी बाहिर निस्कने वा ऋण लाग्ने विश्वासका कारण साँझमा कुचो लगाउन निषेध गरिएको हो ।
    वैज्ञानिकता स् पहिला–पहिला घरमा बिजुली बत्ती नहुने हुँदा सानो टुकी बालिन्थ्यो । फलस्वरूप कम उज्यालो हुने अवस्थामा कुचो लगाउँदा आवश्यक सामानसमेत बाहिर जाने हुन्थ्यो । यसकारण साँझमा बढार्न निषेध गरियो । पछि बिस्तारै यसैलाई मान्यताका रूपमा लिन थालियो ।

    घाटबाट फर्केपछि नुहाउनु
    कसैको मलामी गएर घाटबाट फर्किएपछि अनिवार्य रूपमा नुहाउने चलन छ । शवयात्रामा समावेश भइसकेपछि ननुहाए अशुभ हुन्छ भन्ने गरिन्छ ।
    वैज्ञानिकता स् लासमा अत्यधिक मात्रामा ब्याक्टेरिया हुन्छन् । ती ब्याक्टेरियाको सम्पर्कमा आउँदा बिरामी हुने सम्भावना बढी हुन्छ । नुहाएमा ती पखालिन्छन्, अनि हाम्रो शरीरलाई असर गर्न पाउँदैन ।

    महिनावारी हुँदा मन्दिर र भान्सामा प्रतिबन्ध लगाउनु
    महिनावारी भएका महिलालाई मन्दिर र भान्सामा प्रवेश गर्न बन्देज लगाइन्छ । अझ छुवाछुत नै गरिन्छ । कतिपय ठाउँमा त अलग्गै निवासमा राखिन्छ । छोएमा फोहोरी र अशुभ मानिन्छ । कुलदेवता रिसाउँछन् भन्ने मान्यता छ ।
    वैज्ञानिकता स् महिनावारी हुँदा महिला शारीरिक रूपमा कमजोर हुन्छन् । यो वेला पेट र कम्मर दुख्ने गर्छ र उनीहरूमा काम गर्ने ऊर्जा हुँदैन । साथै, यो अवस्थामा यदि सरसफाइको कमी भएमा ब्याक्टेरिया फैलने सम्भावना रहन्छ । यसले पूरै परिवारलाई क्षति पु(याउन सक्छ ।

    यात्रामा निस्किनुअघि दही खानु
    घरबाट बाहिर निस्कँदा आफ्नो परिवारका सदस्यलाई दही खुवाइन्छ । उसलाई परदेशमा भाग्यले साथ देओस् भन्ने मान्यताअनुसार यसो गरिएको हो । दही खुवाउनुलाई यात्राको शुभ संकेत पनि मानिन्छ ।
    वैज्ञानिकता स् पहिलेको जमानामा यायायातका साधन हुँदैनथे । यसर्थ, हिँडेर एक ठाउँबाट अर्को ठाउँमा जानुपथ्र्यो । दही वा दहीमा चिनी मिसाएर खाँदा शरीरमा ताजापन र चिसो महसुस हुन्छ । साथै, ग्लुकोजको मात्रा बढ्ने र शरीरमा ऊर्जा थप्ने काम गर्छ । अनि, यात्रा सहज बनाउन मद्दत पुग्छ ।

    ढोकामा कागती र खुर्सानी झुन्ड्याउनु
    बाहिरी कुदृष्टिबाट घर–परिवारलाई बचाउन भन्दै ढोकामा कागती र खुर्सानीको माला बनाई झुन्ड्याउने गरिन्छ ।
    वैज्ञानिकता स् कागती र खुर्सानी साइट्रिक एसिडको राम्रो स्रोत हो । तसर्थ, यिनले बाहिरी ब्याक्टेरियालाई नष्ट गर्छन् । यसरी परिवारको स्वास्थ्य राम्रो राख्न मद्दत पुग्छ ।