चट्याङले लिग्यो ११ जनाको ज्यान

    भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार पश्चिम बंगालको मालदा भन्ने गाउँमा ११ जनाको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर कैयौँ घाइते भएका छन् । मुख्यमन्त्री ममता बनर्जीले मृतकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् । पश्चिम बङ्गाल सरकारले पीडित परिवारलाई २ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेको छ । साथै घाइते उपचार खर्च व्यहोर्ने पनि बताएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *