जान्नुहोस धनियाँका चमत्कारिक फाइदा

    काठमाडौँ- किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले यसमा फोहोर तथा स्टोन जम्मा भएको हुन्छ । किड्नी सफा राख्न धनियाँ किफायती मानिन्छ ।

    किड्नी सफा गर्ने यस्तो छ घरेलु विधि-

    –भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ ।
    –एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने ।

    – काटेको धनियाँलाई राम्रोसँग धुने ।
    –एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने ।

    –पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने ।
    –१० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने ।
    –यसरी सेलाएको पानी एक ग्लास पिउने ।

    –दिनहुँ यसो गर्नाले किड्नी सधैँ सफा र स्वस्थ रहन्छ । यस्तो पेय खाएपछि किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट निष्कासन हुन्छ ।

    –किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *