ओली सरकारले सय दिनमा परिणाममुखी काम गरेको छ : सभापति देउवा

काठमाडौँ, १७ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले सय दिनमा राम्रो काम गरेको बताउनुभएको छ ।

शनिबार शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सय दिन बल्ल पुगेको छ ओली जीको प्रधानमन्त्री कार्यकालको । यहाँ मात्र होइन जहाँ पनि सय दिनको कामको सम्बन्धमा आलोचना प्रत्यारोचना सबै हुन्छ । हाम्रो समग्र सरकार छ । हामी सरकार भएको कारण मैले उहाँलाई भनेको होइन साच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ । अझै यस्तै राम्रो काम गर्नुहुने छ । प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक कुरा हो । अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छ्न । त्यो आलोचनाहरु पनि तथ्यपरक भएर सरकारले ध्यान दिने छ । म पनि ओलीजीलाई प्रोत्साहन गर्ने छु । ’

साथै उहाँले यो देश ठुला दुई देशको बीचमा रहेकाले प्रधानमन्त्री ओलीले सबै कुरा ध्यानमा राखेर हरेक क्रियाकलापहरू गर्न सक्षम हुने बताउनुभयो । साथै उहाँले आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *