पानी होइन आगो र रगत बग्ने संसारका ७ अदभूत झरनाहरु

    प्राकृतिक रुपमा भौगोलिक बनावटका कारणले नदी माथिबाट तल झर्नुलाई झरना भनिन्छ ।  सामान्य रूपमा झरनालाई प्राकृतिक सुन्दरताको रूपमा हेर्ने गरिन्छ । झरनाहरू सामान्यतः नदीको माथिल्लो प्रवाहमा बन्ने गर्दछ । झरनाको निमार्ण पानीद्धारा हुन्छ । तर दुनियाँमा यस्ता पनि अदभूत झरनाहरु छन् जुन पानीसँगै वातावरणमा आएको निश्चित बदलावले आगो बगे जस्तो देखिन्छ । विभिन्न पर्यावरण र अनौठो संयोगहरुका कारण पानी बग्ने झरनाको दृष्य अर्कै बन्न पुग्छ । सयौंदेखि हजारौं मिटर अग्लो पहाडबाट खसेको पानीमा हामी कतै आगो बर्सिए जस्तो देख्न सक्छौं त कतै रगत बगेजस्तो देखिन सक्छाैं ।

    १. क्यार्लिफोर्नियाको हर्सटेल फल्स

    यो झरना १४६० फिट माथि क्याप्टेन हिमालबाट झर्ने गर्छ । शिशिर रितु र सरद रितुमा यो झरनामा निकै तेजले हावा चल्ने गर्छ । त्यस्तै फरवरी महिनाको अन्तिमतिर यो झरनाको रंग नै बदलिने गर्छ । अब पानीको झरना नभएर झरना आगोको जस्तो देखिन पुग्छ । जति जति रात पर्दै जान्छ उति उति झरनाको रंग रातो रातो हुँदै जान्छ । रातको समयमा यो झरनालाई हेर्दा यस्तो लाग्छ कि हिमालबाट पानी होइन आगो बर्सिरहेको छ ।

    21-2-750

    २.क्यामरन फल्स

    22-1-750
    यो झरना क्यानाडाको अल्बर्टा भन्ने स्थानमा अवस्थित छ । यदि हामीले जुन महिनामा त्यसलाई हेर्यौं भने झरना पिंक कलरको हुन्छ । उक्त समयमा झरनाबाट एक विशेष प्रकारको पदार्थ पानीमा मिसिएर त्यस्तो देखिएको बताइन्छ ।

    ३. अन्र्टाटिकाको ब्लड फल्स

    23-1-750
    अन्र्टाटिकाको ड्राई वैली भन्ने स्थानमा यो झरना छ । मानिसहरुले हेर्दा यस्तो देखिन्छ की उक्त झरनाबाट रगत नै रगत बगिरहेको छ । किन रगत जस्तो पानी बग्छ भन्ने पत्ता लगाइसकिएको छ । समाचारका अनुसार उक्त झरनाबाट बग्ने पानी रगत जस्तो रातो देखिनुमा अक्सिजन, हिउँ र आइरन जस्ता केमिकलका कारण त्यस्तो देखिएको बताइएको छ र

    ४. तुर्किस्तानको पामुकक्ले वाटर फस्ल

    यो झरना तुर्किस्तानको दक्षिणी क्षेत्रमा अवस्थित छ । १९७० देखि युनेस्कोले विश्वसम्पदा सूचीमा समेत सुचिकृत गरेको झरना हो यो । ८ हजार ८ सय ६० फिट लामो यो झरना १९७० फिट फराकिलो छ । उक्त स्थानमा धेरै मानिसहरु हेर्न जान्छन् । फराकिलो स्थानमा फैलिएको झरना र बगेको पानी चट्टान माथि जन्मे भएका कारण मानिसहरु औषधीको रुपमा समेत प्रयोग गर्छन् ।

    24-750

    ५. ग्राण्ड मेरिसको डेविल केटल फल्स

    5

    यो झरनाको अनौठो विशेषता भएका कारण ‘फेमस’ छ । एक स्थानबाट खसेको पानी अर्को स्थानमा नदीको रुपमा लिएर बग्ने गर्छ । यो झरना पहाडको बीचैबीच हराउँछ । आजसम्म कसैलाई थाहा छैन की झरनाबाट बगेको पानी कहाँबाट कसरी गएर नदीमा मिसिन्छ ।

    ६. टेनेसीको रूबी फल्सः

    यो झरना अमेरिकाको सबैभन्दा गहिरो झरना हो । हर साल यो झरना हेर्न ४ भन्दा बढी पर्यटकहरु आउने गर्छ । यो झरना एउटा सुरुङ जस्तो देखिन्छ । यो १ सय ४५ फिट अग्लो छ ।

    6

    ७. आइसल्याण्डको फग फल्स

    यो झरना चट्टानको बीच नै बीच बग्ने गर्छ । यो झरना पनि एक विश्व चर्चित झरना हो ।

    7-750

    साभार :   एजेन्सीको सहयोगमा खवर डवली डट कम

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *