भोली देखि सर्वसाधारणका लागि ५९ लाख ९४ हजार रुपैयाँँ बराबरको आइपीओ खुल्दै, कति गर्ने लगानी ?

मोदी इनर्जी लिमिटेडले सर्वसाधारणहरुका लागि भोली अर्थात बैशाख १९ गते देखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २ सय ८० कित्ता सुरक्षित गरि सर्वसाधारणलाई ५९ लाख ९४ हजार ४ सय २० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

सर्बसाधारणले आईपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सक्ने छन् । यसमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *