एकैदिन १५ हजार बढी स्वदेशी तथा विदेशी श्रद्धालुहरु हलेसी पुगे

खोटाङको त्रिधार्मिक स्थल हलेसी महादेव थानमा श्रद्धालु भक्तजनको भिड लागेको छ । साउन लागेसँगै साउने सोमबारका ब्रतालु तथा तिर्थालुहरुको भिड् बढेको हो । साउन २ गते सोमबार एकैदिन १५ हजार बढी श्रद्धालुहरुले मन्दिरको दर्शन गरेको हलेसी महादेव विकास समितिका अध्यक्ष समर भुजेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त मन्दिरमा नेपालका विभिन्न जिल्लासहित भारत, श्रलंका, बंगलादेश, भुटान लगायतका मुलकहरुबाट पनि भक्तजनहरु हलेसी पुगेका थिए । बोलबम सुरु भएसँगै धार्मिक स्थल हलेसीमा भक्तजनको भिड लागेको उहाँको भनाई छ ।

हलेसी मन्दिरमा साउन महिनाभरी बोलबम मेला र दर्शनार्थीको भिड लाग्ने गर्दछ । भक्तजनले खालीखुट्टै हिँडेर बिभिन्न नदी तथा खोलाबाट जल ल्याएर हलेसीमा चढाउने प्रचलन छ ।

पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा हुने र सुख शान्ति मिल्ने विश्वासमा हलेसीमा साउनभरि बोलबम मेला लाग्ने गर्दछ । यस्तै, साउन लागेसँगै दिक्तेलको मझुवागढी, वराहपोखरी लगायतका शिवालयहरुमा दर्शनार्थीको भिड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *