यी १० कुरामा ध्यान दिएमा आफैले नियन्त्रण गर्ने सक्नुहुन्छ उच्च रक्तचाप !

    उच्च रक्तचाप (ब्लड प्रेसर) लाई साइलेन्ट किलरका रुपमा मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।

    यदि तपाइँ ब्लड प्रेसर कन्ट्रोल गर्न औषधी खाइरहनु भएको छ र यसले गर्दा तनावमा हुनहुन्छ भने यी निम्न १० घरेलु तरिका अपनाउनुस् । जसले औषधी बिना नै तपाइँको ब्लड प्रेसर कम गर्न मद्दत गर्छ ।

    – खाना खाँदा धेरै सलाद खाने गर्नुपर्छ । यसले नुनको मात्रा कम गर्छ र ब्लड प्रेसर कम हुन्छ ।
    – हरेक दिन कम्तीमा एक गिलास कागती पानी खानुपर्छ । यसमा रहेको एन्टीअक्सीडेटसले रक्तसञ्चार सुधार्छ ।
    – नुनमा सोडियमको मात्रा धेरै हुनेगर्छ । यसले रक्तचाप बढाउँछ । त्यसैले दिनको ३ ग्रामभन्दा बढी नुन खानु हुँदैन ।

    – पर्याप्त निन्द्राको कमीको कारण पनि तनाव बढ्ने गर्छ । त्यसैले उच्च रक्तचापबाट बच्न दिनको ७ देखि ८ घण्टासम्म सुत्नु आवश्यक रहन्छ ।
    – अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ । यसमा भएको एन्टीअक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ ।
    – हरेक दिन ३० मिनेटसम्म योग वा व्यायाम गर्नुपर्छ । यसले शरीरमा रहेको अक्सीजन इन्टेक बढाउँछ ।

    – जंक फूड र फास्टफूडबाट प्रेसर बढाउँछ । त्यसैले यस्ता खानेकुरा खानु हुँदैन ।
    – संगीत सुन्दा शरीरमा आनन्द महशुस हुन्छ । यसले तनाब घटाउँछ । दिनको २० देखि ३० मिनेटसम्म गीत संगीत सुन्दा प्रेसर घट्छ ।
    – नियमित शारीरिक अभ्यास र मर्निङ वाक गर्दा ब्लड सर्कुलेसन ठीक हुन्छ र यसले उच्च रक्तचाप घटाउँछ ।
    – धूम्रपान र मद्यपानले शरीरमा रहेको कार्टिसोल नामक स्ट्रेस हर्मोन बढाउँछ र प्रेसर बढाउने गर्छ । त्यसैले धूम्रपान र मद्यपान नगर्नु नै प्रेसर घटाउने उपाय हो । (एजेन्सीको सहयोगमा)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *