साउन २१ गते आइतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

    साउन २१ गते आइतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार गर्नुहोला । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ । पढाईमा अवरोध आउने छ, आजको कुनै निर्णय खराब हुन सक्छ । निर्णय गर्दा अलि विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । काम रोकिनुका साथै मान सम्मानमा आघात पुग्न सक्छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) नगद सहयोग गर्न बन्द गर्नुहोला, बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । राम्रै फाइदाको योग छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनु पर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) हड्डी, नशा र पेटका समस्या बढ्ने हुनाले खानपानमा एकदम नै सजक रहनु होला । गोपनियतामा निरन्तर रहनु उचित छ । आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसँग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) पति पत्नीबीच विवाद बढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । प्रेमको बन्धन कसिने बेला छ । बोलीको भरमा काम सम्पादन हुने योग छ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडी बढ्नेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आम्दानी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ । प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *