आज ६ वटा प्रदेशमा भारी वर्षा हुने

    मौसम आज पनि देशभर बदली भई वर्षा भरहेको छ ।देशका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनको न्युन चापीय रेखा सरदरभन्दा नेपालको नजिक रहेकोले केही दिन धेरै पानी पर्ने अनुमान महाशाखाले गरेको छ ।

    आज गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *