प्रिमियम मुल्यमा आईपीओ निकाल्ने तयारीमा ई-सेवा !

    नेपाल राष्ट्र बैंकले वालेट सेवा प्रदायक कम्पनी ई-सेवालाई पब्लिक कम्पनी बन्न अनुमति दिएको छ । दुई महिनाअघि पब्लिक कम्पनीमा रुपान्तरण हुन राष्ट्र बैंकमा आवेदन दिएको ई-सेवाले अन्ततः प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण हुने अनुमति पाएको हो ।राष्ट्र बैंकले संस्थापकहरुको ‘फिट एण्ड प्रोपर टेस्ट’ गरेर अन्य निकायबाट सम्पूर्ण प्रक्रिया पूरा गरी प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण हुन ई-सेवालाई अनुमति दिएको हो ।

    हाल ई-सेवामा विश्वास ढकालको ३५ प्रतिशत, असगर अलीको २५ प्रतिशत, संभस सिरोहियाको २० प्रतिशत, सुवास शर्माको १० प्रतिशत, सुभास सापकोटा र एफवान सफ्टका केही पूराना कर्मचारीको ५/५ प्रतिशत सेयर रहेको छ ।राष्ट्र बैंकबाट पब्लिक कम्पनीमा रुपान्तरण हुने अनुमति पाएसँगै ई-सेवाल आईपीओ जारी गर्ने तयारी गरेको छ । ई-सेवाले प्रिमियममा आईपीओ निष्काशन गर्ने तयारी गरेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *