आँखा पाक्ने रोग निको पार्ने दुबो उपयोगी ,कसरि प्रयोग गर्ने ?

    आँखा पाक्ने समस्या अहिले प्रकोप बनिरहेको छ । अस्पतालहरुमा आँखाको समस्या लिएर आउनेको संख्या बढ्दो छ । यस्तोमा धेरैले आँखामा दुबोको रस राखे निको हुने भन्दै यसको प्रयोग गरेको पाइन्छ ।के वास्तवमै दुबोको प्रयोगले हाल फैलिरहेको आँखा पाक्ने समस्या निको हुन्छ त ?

    आयुर्वेदिक चिकित्सक डा. पुनेश्वर केशरी भन्छन्, ‘हाल देखिएको आँखाको समस्यालाई आयुर्वेदिक भाषामा अभिसेन्त भनिन्छ । अर्थात्, आँखाबाट सर्ने संक्रमण । जसमा दुबोको प्रयोगले आँखालाई राहत दिन्छ ।’दुबोमा एन्टीभाइरल, एन्टीमाइक्रोबियल र एन्टीहेमेर्जिक तत्व हुन्छ । जसकारण यसको रसले आँखा पाक्ने समस्यामा प्रमुख देखिने लक्षण आँखा रातो हुने, पोल्ने तथा चिलाउने समस्यालाई कम गर्ने उनको दाबी छ ।

    यद्यपि, आँखामा बाक्लो कचेरा आउने तर चिलाउने र पोल्ने छैन भने दुबो नहालेको बेस हुने र अरु नै उपचार प्रक्रिया अपनाउन उनी सुझाउँछन् । आयुर्वेदको ग्रन्थमा उल्लेख भएअनुसार संक्रमणजन्य समस्या भएकाले संक्रमितको रुमाल, कपडा प्रयोग गर्नुहुँदैन । साथै चश्मा लगाउनाले अरुलाई संक्रमण हुने जोखिम कम हुन्छ ।

    यता, दुबोबारे भएका विभिन्न अध्ययनले पनि आँखामा हुने संक्रमणमा दुबो प्रभावकारी हुने उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय जनरल साइन्स अलर्टमा प्रकाशित एक अध्ययन अनुसार दुबोको प्रयोगले आँखासम्बन्धी समस्यामा फाइदा पुर्‍याउनुका साथै खोकी, ऐंठन, झाडापखाला, एपिलेप्सी, टाउको दुखाइ, रक्तस्राव, उच्च रक्तचाप, हिस्टेरिया, ब्रोन्काइटिस, दमा, ट्युमर, सोरुबेलाकेस, दादुरा, मूत्रजनन विकार, घाउ पनि निको पार्न सहायक हुने देखाएको छ ।त्यस्तै, बच्चाहरूमा दुखाइ, सुजन, दाँत दुखाइमा पनि दुबो उपयोगी हुन्छ ।

    कसरी प्रयोग गर्ने ?

    -दुबोलाई राम्रोसँग पखालेर यसको रसलाई राम्रोसँग छान्नुपर्छ । किनकि, मसिनो टुक्रा मात्र भयो भने पनि आँखालाई फाइदाको साटो बेफाइदा गर्न सक्छ ।

    -संक्रमणरहित सफा सुतीको कपडा सात पटक बेर्ने र त्यसमा दुबो छानेर रस निकाल्नुपर्छ । सो रस दिनको दुई पटक आँखामा एक थोपा लगाउन सकिन्छ । यद्यपि लगाउनुअघि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र लगाउनु राम्रो हुन्छ ।
    सैले जथाभावी आँखा पाक्ने बितिकै स्टोरायड औषधि प्रयोग गर्नु हुँदैन,’ उनी भन्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *