रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड हुने मिति तोकियो !

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा मूल्यमा सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँडको तयारी गरेको छ कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटका अनुसार भोलि अर्थात साउन ३१ गते बाँडफाँड हुने जनाएको छ ।

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको आवेदन परेको छ ।सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन साउन २६ गते शुक्रबार साँझसम्ममा १४ लाख ७७ हजार ८७७ आवेदकबाट १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.८२ गुणा बढी हुन आउँछ । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।जसअनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक ९ लाख ६० हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।

इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि ९प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले० छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *