कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए ।

बोर्डले नतिजा सार्वजनिक गर्न दिउँसाे बोर्ड बैठक बोलाएको छ । वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा सुरु भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख भन्दाबढी विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को नतिजा प्रकाशित हुनासाथ १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB टाइप गरी १६०० मा पठाएर वा मोबाईलवाट *1600# डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेवसाइटमा https://neb.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *