सन नेपाल लाइफको आईपीओ बाँडफाँड, यसरि हेर्नुहोस नतिजा !

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार शुक्रबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।कम्पनीको आईपीओमा १५ लाख ७७ हजार ७ सय ४४ आवेदकले १ करोड ७८ लाख ३२ हजार ३ सय कित्ताको लागि आवेदन दिएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएको छ । जसमा १४ लाख ६० हजार ६१ आवेदकबाट परेको १ करोड ६३ लाख ५८ हजार २१० कित्ता सेयर सदर भएको छ भने बाँकी ६ हजार ८०१ आवेदकबाट माग भएको १ लाख ५ हजार ३७० कित्ता सेयर रद्द भएको छ।जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १०/१० कित्ताका दरले सेयर पाएका छन् भने ६ लाख २१ हजार ९३९ आवेदकको हात खाली भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *