जस्तो सुकै काममा पनी सफलता पाएरै छोड्छन् यी राशिका व्यक्तिहरु !

    ज्योतिषशास्त्रका अनुसार कुनै पनि व्यक्तिको भाग्य उनीहरु जन्मेको समय, ग्रहको स्थिति र नक्षरको हिसाबबाट तोक्न सकिन्छ। हरेक बच्चाको नाम उसको जन्म समय, दशा नक्षत्र, र ग्रहको स्थितिको हिसाबबाट राख्ने गरिन्छ।

    त्यसैले राशिले व्यक्तिको जीवनमा एक महत्वपूर्ण भूमिका निभाउँदछ ।राशिअनुसार यो कुरालाई यसरी बुझ्न सकिन्छ कि कुन व्यक्तिको स्वभाव कस्तो हुनेछ ? व्यक्तिले आफ्नो जीवनमा कति प्रगति गर्नेछ ? यस्तै तरिकाले ज्योतिषशास्त्रमा ४ राशिका व्यक्ति यस्ता रहेका छन् कि जो सौभाग्यशाली हुन्छन् । यस्ता राशि भएका व्यक्ति कम उमेरमै धन प्राप्ति गर्न सफल हुने गर्दछन्।

    मेष राशिः राशिमा सबैभन्दा पहिलो राशि मेषको स्वामी भनेर मंगल ग्रहलाई मानिन्छ । मंगलको मेष राशिमा विशेष प्रभाव र कृपा रहन्छ।जसका कारण यो राशि भएका व्यक्ति जुन कार्यलाई हातमा लिन्छन्, त्यस कार्यमा सफल भएरै छोड्दछन्। यी राशिमा धन प्राप्ति हुने इच्छा एकदमै तीव्र रहेको हुन्छ। यो राशि भएका व्यक्तिको जीवन धन धान्यले भरिपूर्ण हुन्छ।

    वृष राशिः वृष राशिको स्वामी शुक्र ग्रहलाई मानिन्छ। ज्योतिषशास्त्रमाशुक्र ग्रहलाई भौतिक सुख सुविधा र धन वैभवको प्रतिक मानिएको छ । यो राशिलाई शुक्र ग्रहको कृपा हुनुको कारण यो राशि भएका व्यक्ति धन प्राप्तिबाट एकदमै सम्पन्नशाली मानिन्छन्।यी व्यक्तिलाई आकर्षक चीज बढी मनपर्ने र त्यसमा नै ध्यान रहने हुन्छ । यी राशि भएका व्यक्तिलाई भाग्यले पनि साथ दिने गर्दछ । त्यसैले वृष राशिभएका व्यक्तिलाई जीन्दगीमा कहिलै धनको कमि हुदैन ।

    कर्कट राशिः कर्कट राशिको स्वामी भनेर चन्द्रमालाई मानिन्छ । र चन्द्रमालाई जल अथवा शीतलताको प्रतिक पनि मानिदै आइरहेको छ।यो राशि भएका व्यक्ति चन्चल स्वभावका हुनुको साथै धेरै नै मेहनती पनि हुने गर्दछन् । यिनीहरु कुनै पनि कार्यलाई गर्न पछि पर्दैनन् । जसको कारणले सानो उमेरमा नै यिनीहरुले धन प्राप्ति गर्दछन् ।

    सिंह राशिःसिंह राशिको चिन्ह सिंह हो । यो राशि भएका व्यक्ति निकै नै क्षमतावान हुन्छन् । सूर्यको प्रभावको कारण यस्ता राशि भएका व्यक्ति निकै तेज हुन्छन् ।यी राशि भएका व्यक्तिले महंगो जुनसुकै चिज पनि ज्यादै मनपराउँछन्। र त्यसलाई किन्नको लागी धन कमाउन प्रयास गर्दछन् । जसको कारण यिनीहरुको जीवन धनधान्यले भरिपूर्ण हुन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *